मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी भीआईपी हिरासतमा

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी भीआईपी हिरासतमा

काठमाडौं, २६ कात्तिक । मानव तस्करी र सरकारी लिखत कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई विशिष्ट व्यक्तिका लागि छुट्याइएको हिरासत कक्षमा राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीमा भद्रकालीमा निर्मित सुविधासम्पन्न भवनमा विशिष्ट व्यक्तिका लागि छुट्टै हिरासतकक्ष छ । त्यहीँ पूर्वमन्त्री अधिकारीलाई राखिएको एक प्रहरी अधिकृतले बताए । 

एक अर्ब बढी लागतमा निर्माण भएको नयाँ भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टा–छुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचनासमेत बनाइएको थियो ।