सेयर बजार: नेप्से २६८० अंकमा, ८ अर्ब २५ करोडको कारोबार
काठमाडौं, ६ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक घटेर २६८० विन्दूमा कायम भएको छ ।
त्यस्तै, कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो । कूल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रह्यो ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे ।
दुई कम्पनी सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ६.११, धौलागिरि लघुवित्तको ५.४९ तथा रिभर फल्स पावरको ५.३३ प्रतिशत बढ्यो ।
जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । नारायणी विकास बैंकको ७.२६, सुपरमाइ हाइड्रोपावरको ७.१४, सपोर्ट माइक्रोफाइनान्सको ७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, रसुवागढी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी र कर्णाली विकास बैंक क्रमशः अगाडि देखिए ।