उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए ।

उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । 

आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।