शिक्षामन्त्री भट्टराईले भनिन्– अध्ययन बिदाको दुरुपयोग छानबिन गर्न त्रिविलाई निर्देशन दिन्छु

शिक्षामन्त्री भट्टराईले भनिन्– अध्ययन बिदाको दुरुपयोग छानबिन गर्न त्रिविलाई निर्देशन दिन्छु

काठमाडौं, ९ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राध्यापकबाट भएको अध्ययन बिदाको दुरुपयोग छानबिन गर्न त्रिविका पदाधिकारीहरूलाई निर्देशन दिने बताएकी छिन् ।

त्रिविका प्राध्यापक ५ वर्ष अध्ययन बिदामा बस्ने र त्यसपछि विदेशमै लुक्ने गरेको समाचार सार्वजनिक भएपछि मन्त्री भट्टराईले छानबिनका लागि त्रिविका पदाधिकारीलाई निर्देशन दिने बताएकी हुन् ।

‘प्राध्यापकलाई बिदा दिने र स्वीकृत गर्ने विश्वविद्यालयले नै हो । यदि दुरुपयोग भएको रहेछ भने छानबिन गर्न निर्देशन दिन्छु, बिदामा बसेका प्राध्यापकको स्थिति के रहेछ तथ्यांक तयार पार्न निर्देशन दिन्छु । बिदामा थप कडाइ गर्न भन्छु,’ उनले भनिन् ।

अध्ययन बिदामा कति गए कति फर्किए यकिन तथ्यांक त्रिविसँग छैन । तथ्यांक अध्यावधिक गर्न पनि मन्त्री भट्टराईले सचेत गराउने बताएकी हुन् ।