कीर्तिपुरका स्वतन्त्र उम्मेदवार राजमानलाई भोट माग्दै हर्क सम्पाङ
काठमाडौं, १० मंसिर । आसन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजमान मानवलाई सहयोग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आइपुगेका छन् ।
मानव पनि आफूजस्तै भुइँ मान्छे भएकाले चुनावी अभियानमा सहयोग गर्न काठमाडौं आएको उनले बताए ।
‘देशमा गफ गर्ने मान्छे धेरै छन्, काम गर्ने मान्छेको खाँचो भएकाले कीर्तिपुरवासीले सफाइ अभियन्तालाई साथ दिनु हुन्छ भन्ने अपेक्षा छ ।’ मेयर साम्पाङले भने ।
देशमा ७५३ स्थानीय तह भएपनि काठमाडौं, धनगढी र धरानको मात्र चर्चामा रहने गरेको उल्लेख गर्दै उनले भने, ‘कीर्तिपुरलाई पनि त्यस्तै चर्चाको केन्द्रमा राख्न तपाईंहरुले काममा विश्वास गर्ने राजमान मानवलाई जिताउनु पर्छ ।’ साम्पाङले भने ।