ब्लाइण्ड टी-२० क्रिकेट: नेपालको लगातार दोस्रो जित
काठमाडौं, ११ मंसिर । पाकिस्तानमा भइरहेको ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो ।
नेपालद्वारा प्रस्तुत १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट क्षतिमा १८७ रनमै समेटियो । उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए ।
त्यसभन्दा अगाडी, पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १९८ रन जोडेको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रनको योगदान दिएका थिए ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानमाथि फराकिलो जित दर्ज गरेको थियो ।
दक्षिण अफ्रिकाकालाई परास्त गरेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बढेको छ ।