दक्षिण लेबनानमा सेनाको उपस्थितिलाई सुदृढ पार्छौंः लेबनानी प्रधानमन्त्री

दक्षिण लेबनानमा सेनाको उपस्थितिलाई सुदृढ पार्छौंः लेबनानी प्रधानमन्त्री

काठमाडौं, एजेन्सी । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने बताएका छन् ।

इजरायललाई हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौताअनुसार लेबनानी–अधिकृत क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गरे ।

युद्धविरामको पहिलो दिनमा मन्त्रिपरिषद् बैठकपछि मिकातीले लेबनानी सरकार संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव १७०१ लाई सबै प्रावधानहरूमा लागू गर्न प्रतिवद्ध रहेको बताए ।

युद्धविराम सम्झौताअनुसार लेबनानी सेनाले आउँदो ६० दिनभित्र आफ्नो क्षेत्र आफ्नो नियन्त्रणमा लिने बताए ।