नेपाल आइपुगेका शिखर धवनले भने- 'एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छुु'
काठमाडौँ, १४ मङ्सिर । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन आज साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका हुन्। विमानस्थलमा सञ्चारकर्मीसँग धवनले आफू एनपिएल खेल्न पाउँदा उत्साहित भएकोे बताए ।
३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।
_hPMjRQQUIb_gonhgagexv4vbnaf6uxuwgkrz6u1be2zgacw2dcanfdl5bhgqwpf6vf34hsa_iRnF3AluY1_arp7p11qqagxdzwchjax1e9qft06ch6iokjicldgndwxwquk621jnbd7lfte.jpg)
