टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमान्डु
काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।
काठमान्डु पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दैछ । तीन खेलमा एक जितकासाथ काठमान्डुको २ अंक छ ।
पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक बनाएको छ । लगातार खेलिरहेको लुम्बिनी आज पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ ।