रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले पाँच दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा आज (बिहीबार) न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति मागेको थियो । 

प्रहरी स्रोतका अनुसार, पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी छ । 

गत कात्तिक २ गते काठमाडौंबाट सहकारीको बचत अपचलन प्रकरणमा पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको म्याद आज सकिने भएकाले आाज अदालत उपस्थित गराइएको थियो ।

गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाईलाई अदालतमा उपस्थित गराइएको छ ।