त्रिविमा कुनै हस्तक्षेप गरेको छैन: प्रधानमन्त्री ओली

त्रिविमा कुनै हस्तक्षेप गरेको छैन: प्रधानमन्त्री ओली

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको दाबी गरेका छन् । आज( बिहीबार) त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नाम निकाल्नुहोस्, मेरिटोक्रेसीमा प्रश्न नउठोस् । निष्पक्ष ढंगले काम होस् । मबाट हस्तक्षेप भएको छैन । तर, मेरो नाम आउँछ । अरू के भयो थाहा छैन । मेरोबाट विलम्ब भएको छैन ।’ उनले भने । 

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डिन र क्याम्पस प्रमुख नियुक्त गर्न त्रिवि नेतृत्वलाई निर्देशन समेत दिए ।

‘नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ । एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन,’ प्रधानमन्त्री ओलीले भने । नियुक्ति प्रक्रियामा आफूले हस्तक्षेप नगरेको उनले बाताए ।

‘कुलपतिले हस्तक्षेप गर्‍यो भनिन्छ । प्रधानमन्त्रीलाई गाली नगरी हुँदैन, हस्तक्षेप हुँदैन । हस्तक्षेप होइन संस्थाले निर्णय गर्छ ।’ उनले भने । 

आफूले गर्न पाए हुन्थ्यो भन्नू स्वायत्तता नभएको उनको तर्क छ । डिनको नाम निकाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

विश्वविद्यालय राम्रो होस् भन्नेमा कुलपतिले ध्यान दिने उनको दाबी छ । आगामी ७ पुसभित्र डिन नियुक्ति गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।