एनपीएल: कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य
काठमाडौं, २८ मंसिर । कर्णाली याक्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल तय गरेको हो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए । ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन जोडे ।
बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए । एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन् ।