बुधबार २८ माघ, २०८२

कुश्मा नगरपालिकाको भवन १४ करोडमा बन्दै

कुश्मा नगरपालिकाको भवन १४ करोडमा बन्दै

पर्वत, २८ मङ्सिर । कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा  पालिका भवन निर्माण सुरु गरेको छ ।

नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे ।  आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।

साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।