बुधबार २८ माघ, २०८२

सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशीलाई अस्पताल भर्ना गरियो

सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशीलाई अस्पताल भर्ना गरियो

काठमाडौं, २८ मंसिर । सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको हो । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बिहीबार स्वास्थय जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो ।

काठमाडौंको शंखमुलबाट जोशी ६ असोजमा पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान चलिरहेको छ । 

उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको छ ।