राष्ट्रपति पौडेलले गरे ५ देशका लागि राजदूत नियुक्त
काठमाडौं, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।
पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राष्ट्रपति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरिएको जानकारी गराइन् ।
