मंगलबार २७ माघ, २०८२

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

 काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टीका कार्यालय सचिव डोर प्रसाद उपाध्यायका अनुसार, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । ‘अहिले १२ बजेबाट बैठक सुरु भएको छ,’ उनले भने । 

बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलोगरी सुरु भएको हो । बुधबार दिउँसो ३ बजे नै बस्ने भनिएपनि अध्यक्ष प्रचण्ड काठमाडौं बाहिर भएकाले आजलाई बैठक सारिएको थियो ।

बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुने 
नेताहरू बताउँछन् ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने धारणा राखेका थिए ।

यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा धारणा बनाएर जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको बताइएको छ ।