बुधबार २४ मंसिर, २०८२

किन पक्राउ परे ‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन ? कारण यस्तो

किन पक्राउ परे ‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन ? कारण यस्तो

काठमाडौं, २८ मंसिर । तेलुगु सुपरस्टार अल्लु अर्जुनलाईप्रहरीले पक्राउ गरेको छ ।

डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोप लगाउँदै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसबारे इण्डियन एक्सप्रेसले समाचार लेखेको छ । उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको निधन भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् ।

प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा हालेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।

चिक्कडपल्ली प्रहरी थानाको टोलीले अल्लुलाई शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता  गरिएको  थियो ।

एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपायुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई बताएका छन्, ‘बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारवाही गरिने जनाएको छ ।