काठमान्डुलाई विराटनगरले दियो ११८ रनको लक्ष्य

काठमान्डुलाई विराटनगरले दियो ११८ रनको लक्ष्य

काठमाडौं, ३० मंसिर । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रनको योगफल तय गरेको हो । 

विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । बाँकी क्रिकेटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका ग्रेहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एक/एक विकेट झारे ।