एमालेको बझाङ जिल्ला अध्यक्षमा भण्डारी र सचिवमा बोहरा निर्वाचित
काठमाडौं, ३० मंसिर । नेकपा एमाले बझाङ जिल्ला अध्यक्षमा दिलबहादुर भण्डारी विजयी भएका छन् ।
प्रतिस्पर्धी कलकबहादुर खड्कालाई पछि पार्दै भण्डारी जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले २०८ मत ल्याएर अध्यक्ष जित्दा खड्काले १५३ मत पाए । भण्डारी निर्वतमान अध्यक्ष समेत हुन् ।
उपाध्यक्षमा लालबहादुर विष्ट निर्वाचित भए । विष्टले २१७ मत ल्याएर उपाध्यक्ष जित्दा प्रयागराज जोशीले १२१ मत पाए । सचिवमा नरनबहादुर बोहराले २०५ मत ल्याएर जितेका छन् । बोहरासँग सचिवमा प्रतिस्पर्धा गरेका लोकेन्द्रबहादुर सिंहले १६९ मत पाए ।
खुला उपसचिवमा पंकज भण्डारीले जिते । भण्डारीले २२३ मत ल्याएर जित्दा दिनेशकुमार नेपालीले १३७ मत पाए ।
महिला उपसचिवमा राधा बिष्ट खत्री निर्वाचित भइन् । खत्रीले १६६ मत ल्याएर उपसचिव जित्दा पार्वती कुवर भण्डारीले १०३ र जुना जाग्रीले ६९ मत प्राप्त गरिन् ।
यसअघि बझाङको जिल्ला अधिवेशन पटक–पटक सार्दै आएको थियो ।