पोखरामाथि ५ रनको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं, ३० मंसिर । स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोएल्सले रोमाञ्चक जित निकालेको छ । टीयु मैदानमा भएको खेलमा पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो ।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा समेटियो ।
अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेटको क्षतिमा जित नजिक पुगेर पनि पराजित भयो ।
पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए । कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट झारे ।
पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोड्दा रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाए ।
सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिएर योगदान दिए । ६ खेलमध्ये पाँचौ जित चुम्न सफल भएको सुदूरपश्चिम १० अंक बनाउँदै शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटको आधारमा पछि पर्दै दोस्रोमा झरेको छ ।
आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो पारेको छ । अब लिगको अन्तिम खेलमा सुदूरले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । हालसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।
जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।
भोलि (सोमबार) को अन्तिम लिग खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ । कर्णालीले सुदूरपश्चिमविरुद्ध फराकिलो पराजय टारेको खण्डमा चौथो हुँदै प्लेअफमा पुग्नेछ ।
सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग ५३ रन भन्दा बढी अन्तरले हारेमा भने काठमान्डुले नेटरेनरेटमा कर्णालीलाई पछि पार्दै चौथो हुँदै प्लेअफमा पुग्नेछ ।