यू-१९ एसिया कप: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
काठमाडौं, २ पुस । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।
भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।
सोमबार भएको पहिलो खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरिसकेको छ ।