यू-१९ वुमन्स एसिया कप क्रिकेटः टस जितेर नेपालविरुद्ध पहिले बलिङ गर्दै बङ्गलादेश

यू-१९ वुमन्स एसिया कप क्रिकेटः टस जितेर नेपालविरुद्ध पहिले बलिङ गर्दै बङ्गलादेश

काठमाडौँ, ५ पुस । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा बङ्गलादेशले टस जितेर पहिला बलिङ राजेको छ । वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला टस भएको हो ।  

नेपाल र बङ्गलादेशबीचको उक्त खेल ११ः४५ बजेदेखि हुने भनिएको थियो । यस खेलमा बङ्गलादेशलाई पाखा लगाउदै नेपालको फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

 नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो ।