यू-१९ महिला एसिया कप : बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

यू-१९ महिला एसिया कप : बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

काठमाडौँ, ५ पुस । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपालले बंगलादेशसँग ९ विकेटले पराजयको सामना गरेको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग नेपाल नौ विकेटले हार व्यहोर्न पुगेको हो । जितसँगै बंगलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट सुनिश्चित गरेको छ ।

आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा झारिएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रन बनाएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

बंगलादेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन बनाइन् भने ओपनर मोसमत इभाले १८ रन जोडिन्। साथै सुमैया अख्तरले १० रन बनाइन्। नेपालका लागि कुसुम गोदारले एक विकेट झारिन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् ।

कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक/एक विकेट लिए।