शुक्रबार ०१ फागुन, २०८२

हाजिर जमानीमा छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

हाजिर जमानीमा छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ,  ५ पुस । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो । 

उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।