महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ, १० पुस । महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिमार्जित गर्दै  ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो । 

यस अन्तर्गत ग्राहकहरूले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरू पाउनेछन् ।

रियल टाइममा नै रु. ८,००,०००/- (अक्षरूपी आठ लाख) सम्म मुद्दती धितो कर्जाको सुविधा बैंकले दिएको छ । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ । 

-अनलाइन मार्फत नै के।वाई।सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा 

-आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने सुविधा

–ग्राहकले स्वयमले आफू कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा 

–एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा 

यस एपको सुरुवात भएसँगै ग्रामीण तथा अर्ध-सहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढवा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।