नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति
काठमाडौं, १० पुस । नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनको स्वीकृति प्रदान गरेको छ ।
कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति बोर्डले दिएको हो ।
कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । कम्पनीको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।
हकप्रद निष्कासनबाट कम्पनीले करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो ।
अहिले कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।