आइएमएस सफ्टवेयर र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि चलाउने सम्झौता

आइएमएस सफ्टवेयर र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि चलाउने सम्झौता

काठमाडौँ, ११ पुस ।  आईटी कम्पनी आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच आधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि सम्झौता भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच स्वचालित प्रविधि अपनाउने विषयमा सम्झौता भएको हो । आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्रकार र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीले सम्झौतापत्रमा गरे ।

आईएमएसले बैंकको प्वाइन्ट अफ सेल (पीओएस) उपकरणहरूमा आधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्ने सम्झौतामा उल्लेख छ । 

यस प्रविधिले कार्ड र क्यूआरमा आधारित भुक्तानीलाई छिटो र सुरक्षित बनाउने कम्पनीले जनाएको छ । साथै बैंकका पीओएस उपकरणहरू आईएमएस सफ्टवेयरको बिलिङ सफ्टवेयरसँग एकीकृत गरिनेछ ।

यस एकीकरणले सफ्टवेयरको प्रयोग गर्न सक्षम बनाउने दाबी गरिएको छ ।