कांग्रेसको स्वास्थ्य विभाग प्रमुखमा डा.यादव, १० सदस्य मनोनीत

कांग्रेसको स्वास्थ्य विभाग प्रमुखमा डा.यादव, १० सदस्य मनोनीत

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको केन्द्रीय स्वास्थ्य विभागमा सदस्यहरू मनोनीत भएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई  सभापति शेरबहादुर देउवाले बिहीबार मनोनीत गरेका हुन् ।   

केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार,  डा.लक्ष्मीराज पाठक–कैलाली, डा.मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा–सप्तरी, डा.सुमन कर्माचार्य-रामेछाप, डा. सुशीलनाथ प्याकुरेल-ललितपुर, श्यामचन्द्र यादव-धनुषा, ईश्वर कार्की-झापा, विष्णुप्रसाद भट्टराई-स्याङ्जा, पुजा फुयाल-सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत स्वास्थ्य विभागमा मनोनीत भएका छन् ।