कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौँ, ११ पुस । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंक माथि राष्ट्र बैंकले हस्तक्षेप गरेसँगै सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो । हाल कर्णाली डेभलपमेन्ट बैंकको सेयर प्रति  कित्ता ८१० रुपैयाँमा  किनबेच भइरहेको थियो । 

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैकलाई समस्याग्रस्त बैककारुपमा घोषणा गरेको भन्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नेप्सेले कारोबार रोक्का गर्ने निर्णय गरेको बताइएको छ ।

कर्णालीको खराब कर्जा नै ४० प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले केहि दिन अघि निक्षेप नउठाउन बैंकलाई पत्र पठाएको थियो । हिजो (बुधबार) राष्ट्र बैंकले कर्णालीलाई समस्याग्रस्त बैंक घोषणा गर्दै व्यवस्थापनमा आफ्ना कर्मचारी परिचालन गरेको छ ।