न्यायाधीश राईको इजालसमा रविको बयान सुरु

न्यायाधीश राईको इजालसमा रविको बयान सुरु

काठमाडौं, ११ पुस । सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ ।

आज (बिहीबार) लिला पछाईसँगको बयान सकिएपछि जिल्ला अदालत कास्कीमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको बयान भइरहेको हो । 

रविसँग न्यायाधीश नितिज राईले बयान लिइरहेका छन् । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा पक्राउ परेमध्येबाट हालसम्म छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ ।

आज (बिहीबार)  रवि लामिछानेसहित सात जनालाई बयानका लागि अदालतमा उपस्थित गराइएको छ ।

लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्ष समेत रहेकी पूर्व सांसद मीना गुरूङलाई पनि अदालतमा उपस्थित गराइएको छ ।