तोलामा ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ, १२ पुस । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । आज छापवाल सुन तोलामा अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघक अनुसार, आज छमपवाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ तोलाको एक लाख ५० हजार ३ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको एक हजार ८ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
