जनमत पार्टीले अंग्रेजी नयाँ वर्षको दिन ‘धोती दिवस’ मनाउने
काठमाडौं, १४ पुस । अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने जनाएको छ । पुस १७ (जनवरी १) मा जनमतले धोती दिवस मनाउने निर्णय गरेको जनाएको हो ।
जमतका प्रवक्ता डा.शरदसिंह यादवले आज (आइतबार) बसेको पार्टीको सचिवालय बैठकले धोती दिवस मनाउने निर्णय भएको जानकारी दिए ।
आ-आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन जनमतले पार्टी पङ्तिलाई निर्देशन समेत दिएको छ । जनमतले धोती दिवस सबै जिल्लामा मनाउने बताएको छ ।