मंगलबार २३ मंसिर, २०८२

२६ वर्षपछि आयोजना गरिएको ‘मध्यपुर महोत्सव’ मा पाँच लाखभन्दा बढीले गरे अवलोकन

२६ वर्षपछि आयोजना गरिएको ‘मध्यपुर महोत्सव’ मा पाँच लाखभन्दा बढीले गरे अवलोकन

भक्तपुर, १५ पुस । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा पुस १२ गतेदेखि आयोजना भएको मध्यपुर महोत्सव समापन भएको छ । तीन दिनसम्म चलेको महोत्सवमा पाँच लाखभन्दा बढीले अवलोकन गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

महोत्वसवले मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको र आगामी दिनमा पयटकीय क्षेत्र विस्तारका लागि दीर्घकालीन योजना बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । महोत्सवले स्थानीयको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन ठूलो सहयोग गरेको उनले बताए।

२६ वर्षपछि आयोजना गरेको महोत्सवमा नेवा सभ्यता झल्कने मौलिक खाना, नेवा भोज, कला-संस्कृति, चित्रकला तथा हस्तकला, मौलिक बाजागाजा, परम्परागत सीप र खेल स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, माटोका भाँडा लगायत वस्तुहरू प्रदर्शन गरिएको थियो ।

महोत्समा २५ वटा मौलिक नाच, ४५ वटा दाफा भजन, १ सय ५ स्थानमा घरेलु उत्पादन १६ स्थानमा माटोका समग्री र सेरामिक्स लगायत ३४७ स्थानमा विभिन्न सांस्कृतिक स्टलहरू राखिएका थिए । यस्तै महोत्वसमा वर्षभरि मध्यपुर थिमीमा मनाउने जात्रा पर्व, नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार गरिने परम्परा समेत प्रर्दशन समेत गरिएको थियो ।