अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त

काठमाडौं, १५ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति शोक व्यक्त गरेका छन् ।

कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  राष्ट्रपति पौडेलले परिवारजन र अमेरिकी जनताप्रति  समवेदना प्रकट  गरेका छन् ।

राष्ट्रपति पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारका क्षेत्रमा गरेको काम विश्वकै लागि प्रेरणादायी भएको बताएका छन् । 

अमेरिकाको ३९ औं राष्ट्रपति कार्टरको आइतबार निधन भएको थियो ।