एनआईसी एसिया बैंकको सहयोगमा बनाइएको पुस्तकालय भवन उद्घाटन

एनआईसी एसिया बैंकको सहयोगमा बनाइएको पुस्तकालय भवन उद्घाटन

​​काठमाडौं, १६ पुस । एनआईसी एशिया बैंकको आर्थिक सहयोगमा रुपन्देहीको सियारी गाउँपालिका ४ छपियाको पब्लिक सेकेण्डरी स्कूलमा निर्माण गरिएको पुस्तकालय उद्‌घाटन गरिएको छ ।​​

विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ बनाइएको भवन विद्यालयलाई हस्तान्तरण गरी पुस १२ गते उद्‌घाटन गरिएको हो । 

विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रियता र बैंकको सहयोगमा भवन निर्माण गरिएको थियो।

सो पुस्तकालय समुद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, एनआईसी एशिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलकसुन्दर कार्की तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

पुस्तकालय सञ्चालनका लागि भवन निर्माण भएसँगै उक्त विद्यालयका झन्डै २७०० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरू उक्त पुस्तकालयबाट प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । 

बैंकले पुस्तकालय भवन निर्माणका लागि कुल २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको जनाएको छ ।