एमालेबाट निष्कासनमा परेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

एमालेबाट निष्कासनमा परेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १७ पुस । एमालेबाट निष्कासनमा परेका डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी गराउन आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

आफ्नो  भावी कार्ययोजनालगायतका विषयमा जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।

एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् ।  ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’

एमालेमा झण्डै पाँच दशक लामो समय सक्रिय रहेका रावल एमालेबाट गत बुधवारको सचिवालय बैठकको निर्णयअनुसार पार्टी सदस्यता समेत नरहने गरी निष्कासनमा परेका थिए ।  २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै भएका थिए ।