कांग्रेस महामन्त्री थापा भन्छन्- सहकारीमा कांग्रेसका ठूलै नेता भएपनि अनुसन्धानमा पाता कसेर लानुपर्छ
काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन सबैलाई बराबर हुने भएकाले कांग्रेसको ठूलै नेता सहकारी ठगी प्रकरणमा संलग्न देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको उनले बताए । थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’
मकवानपुरमा मंगलबार भएको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले गल्ति गरेको भए आफूलाई पनि पाता कसेर लगे हुने बताएका हुन्। जसले ठगि गरेको उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने थापाको भनाइ छ ।
महामन्त्री थापाले भने, ‘सहकारीको पैसा लगेर महिना आठरदश लाख रुपैयाँ तलब खाएर लुटपाट गर्यो भने प्रहरीले के गर्छ रु हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’
कांग्रेस, एमालेसँगै माओवादीलाई पनि बोलाएर भ्रष्टचारका फाइलहरू खोल्न लाग्नुपर्ने उनको प्रस्ताव छ ।