लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, १८ पुस । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै आगामी साधारणसभामा सहभागी हुन पाउनेछन् ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने बैंकले जनाएको छ। सभा काठमाडौंस्थित अमृत भोग कालिकास्थानमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
