माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं, १८ पुुस । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको बैंकले एक सूचनामार्फत जानकारी गराएको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफूँले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।