सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं, १८ पुस। सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यसहित बिगमार्टमा विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ।

सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकलाई  १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक दिइने बैंकले जनाएको छ। यो योजना पुस १९ सम्म जारी रहनेछ। 

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर उपलब्ध गराएर डिजिटल अधिकतम डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहन गर्दै आइरहेको छ ।

हाल बैंकले १३४ शाखा तथा १२५ वटा एटिएमबाट बैंकिङ सेवा देशका विभिन्न क्षेत्रमा प्रदान गर्दै आएको जनाएको छ ।