कर्णाली डेभलपमेन्ट बैंकले २५ हजारका दरले निक्षेप फिर्ता गर्दै, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता

कर्णाली डेभलपमेन्ट बैंकले २५ हजारका दरले निक्षेप फिर्ता गर्दै, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता

काठमाडौं, १८ पुस। कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताको भुक्तानी सुरु भएको छ। बैंकका लागि राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले निक्षेप भुक्तानी सुरु गरेको हो।

बुधबार जारी सूचनाअनुसार, बैंकले हालको तरलता अवस्थालाई लक्षित गर्दै प्राथमिकता दिने गरी बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता दिएर रकम भुक्तानी हुनेछ।

अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गरिने सूचनामा बताइएको छ ।

471736653_1533356520699193_5918643136809014125_n-1735797762.jpg