माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (सोमबार) पनि जारी छ । काठमाडौंको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा सोमबार बिहान ११ बजेदेखि दोस्रो दिनको बैठक सुरू हुन लागेको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक एवम् सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । 

प्रचण्डले आइतबारको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

माओवादीको केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता जनाउनेछन् ।