आइतबार २१ मंसिर, २०८२

जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं, २३ पुस ।  जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००  दरका ५,००,००० कित्ताले हुन आउने रकम रु.५,००,००,००० (अक्षरुपी पाँच करोड मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरी आफ्नो कारोबार र बजार विस्तार गर्दै आइरहेको जनाएको छ ।