माओवादी केन्द्रीय समिति बैठक: असोजमा विशेष महाधिवेशन गर्न जनार्दन शर्माको प्रस्ताव
काठमाडौँ, २३ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अगामी असोजमा विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका छन् ।
उनले मंगलबार धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा विद्यामान केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरी भदौमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, शर्माले विधान अनुकूल बनाउन पनि विशेष महाधिवेशन आवश्यक भएको बताएका छन् ।
‘हामीले समाजवादी क्रान्तिमा जान विभिन्न बाटाहरू खोल्नुपर्ने छ । पार्टीले थाल्ने लोकमार्ग अभियान प्रभावकारी बनाउनुपर्ने छ । जेठको आसपासमा सरकारले ल्याउने नीति तथा कार्यक्रममा जुट्नुपर्ने । असार साउनमा दस्ताबेज बनाउन समय पुग्नेछ । असोजको आसपासमा विशेष महाधिवेशन गर्नेगरी मिति अहिले नै घोषणा गरौँ । केन्द्रीय समिति बैठकलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरौँ’, उपमहासचिव शर्माको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।
यस्तै आफूले यसअघि बैठकमा राखेको प्रस्तावको सम्बन्धमा प्रचण्डको प्रतिवेदनमा धेरै आएकाले थप केही भन्नुपर्ने नरहेको उनको भनाइ थियो ।