नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच स्वास्थ्य सेवामा छुट सम्झौता

नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच स्वास्थ्य सेवामा छुट सम्झौता

काठमाडौं, २४ पुस । नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र ग्राहकले काठमाडौंको सिनामंगलस्थित उक्त डायग्नोस्टिकमा छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकका प्रबन्ध निर्देशक रवीन्द्र केसले हस्ताक्षर गरे । सम्झौतापछि कर्मचारी तथा ग्राहकले डायग्नोस्टिकमा उपचार गराउँदा १० देखि ३० प्रतिशत छुट पाउनेछन् ।

 कर्मचारी र ग्राहकले डायग्नोस्टिकमा जेनेरल प्याथोलोजी टेस्ट, एक्सरे, इन्डोस्कोपीलगायत उपचारमा छुट पाउने बैंकले जनाएको छ ।