राखेपले बोलायो बोर्ड बैठक, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिने
![राखेपले बोलायो बोर्ड बैठक, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिने](https://snowberry.prixacdn.net/media/gallery_folder/national-sports-council_6nWCAV22OK_ntUUzS3hfj_szw3mx4ymsax57hifcgbudbluvxggcrbmgvfiuw3g5rloovqag0pbklrns3m_sBJoBpaDcH_zf56iiyedlmgqxavd0407vzsqcamgtmrim9xc3todyolggm5bpkkywl2fp5t.jpg)
काठमाडौं, २४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आगामी माघ ३ गते बस्ने भएको छ ।
बुधबार १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन कार्यक्रममा राखेप बोर्ड बैठक माघ ३ गते बस्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी गराएका हुन् ।
सो बैठकले १०औं राष्ट्रिय खेलकुदमा समावेश गरिने कुल खेल सङ्ख्या टुङ्गो लगाउनेछ । १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने छ ।