लक्ष्मी सनराइज बैंकका सेयरधनीलाई ५ प्रतिशत बोनस
काठमाडौं, २५ पुस । लक्ष्मी सनराइजको बैंकको २४औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभाले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।
आव ०८०/८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप र २ खर्ब ५८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ३ तीन खर्ब ९५ अर्ब रहेको छ । बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।