महालक्ष्मी विकास बैंकद्वारा झापाको अटिजम सिकाइ केन्द्रलाई कम्प्युटर र प्रिन्टर सहयोग

महालक्ष्मी विकास बैंकद्वारा झापाको अटिजम सिकाइ केन्द्रलाई कम्प्युटर र प्रिन्टर सहयोग

काठमाडौं, २५ पुस । महालक्ष्मी विकास बैंकले अटिजम भएका विद्यार्थीहरूका लागि सहयोग गरेको छ । सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विद्यार्थीहरूको शैक्षिक क्रियाकलापहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरिएको बैंकको दमक शाखाले जनाएको छ । 

महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरू गर्दै आइरहेको छ । 

सोहीअन्तर्गत महालक्ष्मी विकास बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विधार्थीहरूको शैक्षिक क्रियाकलापहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ । 

आज विद्यालयमा आयोजित एक कार्यत्रमका बिच विद्यालयको प्रधानध्यापकलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थीहरू यस कार्यबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको जनाएको छ ।