वैज्ञानिक समाजवादी पार्टीको महासचिवमा आहुति निर्वाचित

वैज्ञानिक समाजवादी पार्टीको महासचिवमा आहुति निर्वाचित

काठमाडौं, २५ पुस । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा पुनः विश्वभक्त दुलाल आहुति निर्वाचित भएका छन्। भर्खरै सकिएको पार्टीको पहिलो सम्मेलनले महासचिवमा आहुतिलाई निर्वाचित गरेको हो । यस्तै, मदन अर्याल पार्टीको प्रवक्ता बनेका छन् ।

सात वटा निर्णय गरेको सम्मेलनले ११ वटा ब्यूरो गठन गरेको छ । गठित ब्यूरोहरूमा कोच–लिम्बूवान्, किरात–लिम्बूवान्, मिथिला–भोजपुरा, ताम्सालिङ, नेवा, तमुवान्, अवध, मगरात, थरुहट–खसान र जडान–खसान ब्यूरो रहेका छन् ।

पार्टीले उठाएका सैद्धान्तिक र वैचारिक प्रश्नहरुलाई छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरुमाझ बहस सञ्चालन गर्दै एकतावद्ध बनाउन पहल लिने निर्णय गरेको बताइएको छ ।  

साथै क्रान्तिकारी शक्तीहरुकाबीचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ । यस्तै एउटा प्रकाशन ब्यूरो पनि पार्टीले गठन गरेको छ ।