तोलामा ८ सयले बढ्यो सुनको मूल्य
_COoGh3GwY7_dmkdgmnlmltpgcsd2wjh4uiazbw3ipus3r50uuy0yiuxsysfbdfhhdxlsfmf_xt1TJ4IUqA_jlbnkmnnru65wv9pt0znjnpvohakxcdqfi4wulhp16lrsatxnpj1jf9m3agi.jpg)
काठमाडौँ, २६ पुस । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।